साहित्य
साहित्यले कथा, कविता, गजल, उपन्यास, निवन्ध, नाटक आदि सबैलाई समेट्दछ । साहित्य शव्दको क्षेत्र व्यापक र विस्तृत रहेको छ । नेपाली साहित्यको काल विभाजन सम्बन्धमा विभिन्न साहित्य इतिहासकारहरूले आ–आफ्ना धारणा राखेका छन् । अधिकंश विद्वान्हरूको धारणा हेर्दा नेपाली साहित्यको विकास र विस्तारलाई तीन कालमा विभाजन गरी अध्ययन गरिएको पाइन्छ।
(क) प्राथमिक काल : प्रारम्भदेखि वि.सं. १९३९
(ख) माध्यमिक काल : वि.सं. १९४० देखि १९७४ सम्म
(ग) आधुनिक काल : वि.सं. १९७५ देखि हालसम्म
(क) प्राथमिक काल : प्रारम्भदेखि वि.सं. १९३९
• प्रारम्भदेखि वि.सं. १९३९ सालसम्म, शुरुदेखि मोतीराम भट्टको समय तथा श्रृङ्गारकाल शुरुआत हुनुपूर्वको समय यस कालमा आउँछ ।
• यस अवधिमा विभिन्न अभिलेखहरू (शिलापत्र, ताम्रपत्र, कनकपत्र आदि ) र प्राचीन हस्तलिखित ग्रन्थहरू समेतको समय पनि पर्दछ ।
• नेपाली साहित्य लेखनको प्रारम्भ पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियानसँगै भएको थियो । सो समयताका साहस, पराक्रम, वीरता र पुरुषार्थको कवितात्मक अभिव्यक्तिबाट नेपाली साहित्यको शुरुवात भएको पाइन्छ ।
• सुवानन्द दास नेपालका पहिला कवि मानिन्छन् ।
• कवि सुवानन्द दासद्वारा लिखित पृथ्वीनारायण शाह कविता र वि.सं. १८३१ मा देखा परेको दिव्योपदेश नै नेपाली साहित्यका पद्य र गद्यका पहिला रचना मानिन्छन् सो समयका समकालीन कविहरूमा : शक्तिवल्लभ अर्याल, उदयानन्द अर्याल, सुन्दरानन्द बाँडा, गुमानी पन्त आदि देखिएको पाइन्छ ।
• वीरधाराकालपछि साहित्यमा भक्तिकाल शुरु भएको देखिन्छ । भक्तिधारामा पनि कृष्ण भक्तिधारा, राम भक्तिधारा र निर्गुण भक्तिधारा गरी तीन छुट्टाछुट्टै क्रममा बाँडिएको पाइन्छ ।
• कृष्ण भक्तिधाराका कविहरूमा इन्दिरस, विद्यारण्य केशरी, वसन्त शर्मा, यदुनाथ पोखरेल, वीरशाली पन्त, पतञ्जली गजु¥याल, विद्यापति आदि हुन् ।
• रामभक्ति धाराका कविहरूमा भानुभक्त आचार्य, रघुनाथ पोखरेल प्रसिद्ध छन् ।
• निर्गुन भक्ति धारामा अगम दिलदास, अखण्ड दिलदास, ज्ञान दिलदास आदि सन्त कविहरू पर्दछन् ।
(ख) माध्यमिक काल : वि.सं. १९४० देखि १९७४ सम्म
• नेपाली साहित्यको माध्यमिककाल मोतिराम भट्टको उदय देखि “सुक्तिसिन्धु” को प्रकाशनसम्मको समय हो ।
• यो समय विलासी राणाहरूको युग भएकोले तत्कालीन साहित्यमा पनि त्यसको प्रभाव पर्न गई श्रृङ्गारिक काव्य, कविताहरूको सिर्जना भएको देखिन्छ।
• नेपाली साहित्यको माध्यमिककाललाई मोतिराम भट्टकाल भनेको पनि पाईन्छ ।
• मोतिराम भट्टले छोटो समयमा नै नेपाली साहित्यमा ठूलो योगदान पु¥याएका थिए । उनले वि.सं. १९४३ सालमा आफ्नै सम्पादकत्वमा “गोरखा भारत जीवन” नामक साहित्यिक पत्रिका प्रकाशन गरेका थिए भने राणाकालको त्यस चरमोत्कर्ष दमन कालमा पनि उत्कृष्ट रचनाहरू रचिएका थिए ।
• यस कालका प्रमुख साहित्यकारहरूमा :– मोतिराम भट्ट लगायत शम्भुप्रसाद ढुंगेल, गोपीनाथ लोहनी, चक्रपाणी चालिसे, सोमनाथ सिग्द्याल, गिरीशवल्लभ जोशी, रामप्रसाद सत्याल, पहलमान सिंह स्वाँर आदि पर्दछन् ।
• माध्यमिक काललाई पूर्व मध्यकाल (भक्ति साहित्य) र उत्तर मध्यकाल श्रृङ्गार साहित्य) गरी २ भागमा विभाजन गरिएको पाइन्छ । भक्ति धारमा पनि (कृष्ण भक्ति धारा, राम भक्ति धारा र निर्गुण भक्ति धारा) तीन प्रकारका साहित्यिक रचनाहरूको विकास भएको पाईन्छ ।
(ग) आधुनिक काल : वि.सं. १९७५ देखि हालसम्म
• कवि शिरोमणि लेखनाथ पौड्यालको आगमनसँगै नेपाली साहित्यमा आधुनिक कालको शुरुवात भएको मानिन्छ ।
• कवि शिरोमणि लेखनाथ पौड्यालको “ऋतुविचार” काव्य (वि.सं. १९७३) प्रकाशित भएपछि नेपाली कवितामा आधुनिक कालको शुरुवात भएको मानिन्छ ।
• त्यस्तै नाट्य सम्राट बालकृष्ण समको “मुटुको व्यथा” नाटक (वि.सं. १९८५), सरदार रुद्रराज पाण्डेको “रूपमती” उपन्यास (वि.सं. १९९१), कथाकार गुरूप्रसाद मैनालीको “नासो” कथा (वि.सं. १९९२), महाकवि लक्ष्मीप्रसाद देवकोटाको “असारको पन्ध्र” निबन्ध (वि.सं. १९९२), वि पी कोइराला अर्थात विश्वेश्वरप्रसाद कोइरालाको “दोषी चस्मा” कथा, पुष्कर शमशेरको लक्ष्यहीन एकाङ्की र नाट्य सम्राट बालकृष्ण समको “बोक्सी” प्रकाशन भएपछि नेपाली साहित्यमा आधुनिककाल शुरु भएको कुरालाई प्रखररूपमा प्रकट गरेको मान्न सकिन्छ ।
• नेपाली साहित्यले वि.सं. २००७ सालपछि तीव्र गति तथा उचाई लिँदै आएको पाइन्छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापना, मदन पुरस्कारको स्थापना लगायतका गतिविधिले पनि साहित्यको सम्वृद्धिमा योगदान पु¥याएको पाइन्छ । नेपाली कवितामा थालिएको वि.सं. २०१६ —२०१७ सालतिरका आयामेली आन्दोलनले नेपाली साहित्यलाई झनै नयाँ मोड दिएको छ ।
1.सीतायान महाकाब्यका लेखक को हुन् ?
↦ डा.रमेशचन्द्र अधिकारी
2. “हिमालपारि हिमालवारि” नामक गीतिनाटकका लेखक को हुन् ?
↦माधव घिमिरे
3.साहित्य लेखनका हिसावले नेपाली पछि दोश्रो स्थानमा रहेको भाषा साहित्य कुन हो ?
↦ नेवारी
4. नेपाली भाषामा लेखिएको पहिलो रचना पृथ्वीनारायण शाह नामक कविता थियो भने पहिलो नाटक कुन हो ?
↦ हांस्य कदम्ब
5. अक्षराङ्क शिक्षा कसले लेखेका हुन् ?
↦जयपृथ्वीबहादुर सिंह
6. नेवार भाषाको लिपीलाई के भनिन्छ ?
↦ रञ्जना
7. नेपाली भाषाको व्याकरण लेखनमा कलम चलाउने प्रथम विदेशी विद्वान को हुन् ?
↦ जे.एएटन
8. जयपृथ्वी वहादुर सिंहद्वारा लिखित नेपालमै प्रकाशित भएको पहिलो व्याकरण कुन हो ?
↦ प्राकृत व्याकरण
9. गोठाले उपनाम कुन साहित्यकारको हो ?
↦ गोविन्दबहादुर मल्ल
10. नेपाली भाषाको सबैभन्दा ठूलो शव्दकोश नेपाली शव्दसागरका लेखक को हुन् ?
↦ वसन्तकुमार शर्मा नेपाल
11. नेपाली साहित्यको प्राथमिककाल भन्नाले कतिदेखि कतिसम्मको अवधिलाई चिनिन्छ ?
↦ प्रारम्भदेखि
12. वि.सं. १९३९ सम्म नेपाली साहित्यको पहिलो कृतिको रूपमा कुनलाई मानिन्छ ?
↦ पृथ्वीनारायण शाह
13. नेपाली साहित्यको प्राथमिककालको राम्रो सिर्जना मानिने तनहुँ भकुण्डो कृति कसले रचना गरेका हुन् ?
↦ शक्ति बल्लभ अर्याल
15. नेपाली साहित्यको प्राथमिककाल कुन साहित्यिक धारासँग सम्बन्धित काल हो ?
↦ वीर र भक्ति धारा
16.“अक्षराङ्क शिक्षा” कसले लेखेका हुन् ?
↦ जयपृथ्वीबहादुर सिंह
17. मुटुको व्यथा नाटक सर्वप्रथम कहिले प्रकाशन भएको हो ?
↦ वि.सं.१९८६
18. सेतो बाघका लेखक को हुन् ?
↦ डायमण्ड शमशेर
19. सर्वप्रथम झर्रोवादी आन्दोलनको सुरूवात कहाँबाट भएको थियो ?
↦ बनारस
20. नेवारी साहित्यका महाकवि को हुन् ?
↦ सिद्धिदास अमात्य
21. नेपाली साहित्यको विकासक्रमलाई कति भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ?
↦ ३ भागमा
22. “जीवन काँडाकि फूल” कृति कुन महिला साहित्यकारको हो ?
↦ झ्मक घिमिरे
23. नेपाली साहित्यमा सबैभन्दा बढी विक्री भएको कृति कुन हो ?
↦ मुनामदन
24. नेपाली साहित्यको श्रृंगारिक धाराका अगुवा व्यक्ति कसलाई मानिन्छ ?
↦ मोतिराम भट्ट
25. राल्फा कवि कुन साहित्यकारको विशेष उपाधि हो ?
↦ मेघराज नेपाल
लाहुरे उपनाम कुन साहित्यकारको हो ?
↦ सूर्यविक्रम ज्ञवाली
26. सञ्चय र विकिर्ण चीन्तन कसका कृति हुन् ?
↦ कुमार बहादुर जोशी
27. स्रष्टा र साहित्य, अनुभव र अनुभूति कुन साहित्यकारका साहित्यिक सिर्जना हुन् ?
↦ उत्तम कुँवर
28. रामकुमार पाँडेको उपनाम के हो ?
↦ बतासे काका
29. सुतेको समुद्र्र कसको कृति हो ?
↦ गोविन्द गिरी
30. घाउको सत्र चक्का कसले लेखेको कृति हो ?
↦ दौलतविक्रम विष्ट
31. “प्रेम” कुन साहित्यकारको कृति हो ?
↦ रूद्रराज पाण्डे
32. जयभूँडीकस्को कृति हो ?
↦ भैरव अर्याल
33. “भानुभक्तको जीवन चरित्र” कसको कृति हो ?
↦ मोतिराम भट्ट
34. रामगीता कसको कृति हो ?
↦ भानुभक्त आचार्य
35. साहित्य लेखनका हिसाबले नेपाली पछि दोस्रो स्थानमा रहेको भाषा साहित्य कुन हो ?
↦ नेवारी
36. घुम्ने मेचमाथि अन्धो मान्छे कुन साहित्यकारको साहित्यिक कृति हो ?
↦ भूपी सेरचन
37. लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित साहित्यिक कृतिहरू मध्ये चम्पा कुन विधासँग सम्बन्धित एक मात्र साहित्यिक कृति हो ?
↦ उपन्यास
38. “शब्द बिद्या” नामक ग्रन्थका रचनाकार को हुन् ?
↦ अशुबर्मा
39. जलेको प्रतिविम्ब कुन साहित्यकारको साहित्यिक रचना हो ?
↦ अगमिसिंह गिरीका
40. वसन्ती कुन साहित्यकारको साहित्यिक रचना हो ?
↦ डायमण्ड शमशेर राणा
41. फुटेको ऐना कुन साहित्यकारको साहित्यिक रचना हो ?
↦ बालकृष्ण पोखरेल
42. रूपमती कुन साहित्यकारको साहित्यिक रचना हो ?
↦ रूद्रराज पाण्डे
43. प्रसिद्ध कृति दास क्यापिटल कसको कृति हो ?
↦ कार्ल माक्र्स
44. कारागार, कुन साहित्यकारको साहित्यिक रचना हो ?
↦ बानिरा गिरी
45. समयको तस्विर कसको कृति हो ?
↦ शारदा शर्मा
46. म महेश कसको कृति हो ?
↦ महेश बस्नेत
47. “अर्जुनदृष्टि” नामक लघुकथा सङ्ग्रह कसको हो ?
↦ डा. रवीन्द्र समीर
48. चिसो चुल्हो का लेखक को हुन् ?
↦ वालकृष्ण सम
49. गुन केशरीका लेखक को हुन् ?
↦ भवानी भिक्षु
50. “मेरो म” नामक पुस्तक कसको बारेमा लेखिएको हो ?
↦ कृष्णप्रसाद भट्टराई
Comments
Post a Comment